आइपिएल : गुजरात टाइटन्सकाे कप्तानमा शुभमन गिल

आइपिएल : गुजरात टाइटन्सकाे कप्तानमा शुभमन गिल



काठमाडौं । शुभमन गिल इन्डियन प्रिमियर लिग (आईपीएल) को टिम गुजरात टाइटन्सको नयाँ कप्तान बनेका छन् । हार्दिक पाण्डेयले गुजरात छोडेपछि शुभमनलाई कप्तानीको जिम्मेवारी दिइएको हो । हार्दिकलाई मुम्बई इण्डियन्सले ट्रेड गरेको छ । 

गिल आईपीएल २०२३ मा सर्वाधिक रन बनाउने खेलाडी हुन् । उनले गुजरातबाट खेल्दै ७ खेलमा ५९.३३ को औसतमा ८९० रन बनाएका थिए । २४ वर्षीय गिलले सन् २०१८ मा आईपीएलमा डेब्यू गरेका थिए । उनले हालसम्म ९१ खेलमा कुल २७९० रन बनाएका छन् ।

गुजरात टाइटन्स टोली पहिलो पटक आईपीएल २०२२ सिजनमा प्रवेश गरेको थियो । हार्दिकको कप्तानीमा टोलीले पहिलो सिजनमा नै च्याम्पियन बनेको थियो भने २०२३ सिजनमा उपविजेता बनेको थियो । 

हार्दिक पाण्ड्याले आफ्नो आईपीएल करियर २०१५ मा मुम्बई इन्डियन्सबाट सुरु गरेका थिए । उनको उपस्थितिमा मुम्बईले ४ पटक आईपीएलको उपाधि जितेको थियो । हार्दिक २०२१ सम्म मुम्बई इन्डियन्समा रहे । यसपछि उनलाई मुम्बईले २०२२ मा रिलिज गरेपछि गुजरातमा गएका थिए ।