जब राेनाल्डाेले पेनाल्टी लिन मानेनन्

जब राेनाल्डाेले पेनाल्टी लिन मानेनन्



काठमाडौं । सुपरस्टार फुटबलर क्रिस्टियानो रोनाल्डो आफ्नो गोल गर्ने कामका लागि प्रख्यात छन् तर सोमबार राति पर्सेपोलिसविरुद्ध अल नासरलाई दिइएको पेनाल्टी उनले लिन नमानेर गजबकाे खेल भावना देखाएका छन् ।

एसियन च्याम्पियन्स लिगमा इरानी क्लब पर्सेपोलिससँग गोल रहित बराबरीमा रोकिएको खेलमा ३८ वर्षीय रोनाल्डोलाई खेलको केहि मिनेटमै लडाइएको थिए। त्यसपछि चिनियाँ रेफ्री मा निङले पेनाल्टी दिए, तर रोनाल्डोले विपक्षीबाट फाउल नभएको भन्दै उक्त निर्णयलाई उल्टाउन भने ।

निंगलाई पिचसाइड मनिटरमा पठाइयो र अन्ततः उनको कल परिवर्तन भयो । भिडियो सहायक रेफ्री र रोनाल्डोको इमानदारीताको संयोजन पर्सेपोलिसको उद्धारमा काम आयो ।

१७ औं मिनेटमा अल नासरका अली लाजामीले रातो कार्ड ब्यहोरेका थिए । खेल गोलरहित बराबरीमा सकिएको थियो । अल–नासर रियादमा भएको खेलअघि नै नकआउट चरणका लागि छनोट भइसकेको थियो ।

साउदी प्रो लिग टोली समूह ईमा पाँच खेलपछि १३ अंकसहित शीर्ष स्थानमा छ र दोस्रोमा रहेको पर्सेपोलिसभन्दा पाँच अंकले अगाडि छ ।