३२ करोड हिनामिना गरेको आरोपमा सहकारीका चार जना पदाधिकारी पक्राउ

३२ करोड हिनामिना गरेको आरोपमा सहकारीका चार जना पदाधिकारी पक्राउ


ग्लोब नेपाल
297
Shares

काठमाडौँ । शिव शिखर बहुउद्देश्यीय सहकारीका चार जना पदाधिकारीलाई ठगी गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा गीता शर्मा, केदारनाथ शर्मा, पुष्कर मल्ल र अमिसराज भण्डारी रहेका जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख एवं एसपी कमल थापाले बताए ।

महेन्द्रनगर, त्रिभुवन बस्ती र बेलौरीका ३ हजार ६ सय ७१ बचतकर्ताहरूले आफूले जम्मा गरेको रकम सहकारीका कर्मचारीले हिनामिना गरेको भन्दै जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमा मुद्दा दर्ता गरेका थिए ।

बचतकर्ताले मुद्दा पछि ४ जनालाई नियन्त्रणमा लिएर थप अनुसन्धान अगाडी बढाइएको एसपी थापाले बताए ।

जम्मा गरेको बचत रकम फिर्ता माग्दा फिर्ता नपाएपछि बचतकर्ताले प्रहरीमा सहकारी विरुद्ध उजुरी दर्ता गरेका थिए ।

उक्त सहकारीका सञ्चालक समितिका पदाधिकारीले बचतकर्ताको ३१ करोड ९७ लाख तीन हजार ९ सय रुपैयाँ हिनामिना गरेको बचतकर्ताको आरोप छ ।