न्यूक्यासलविरुद्ध टोटनह्यामको जित

न्यूक्यासलविरुद्ध टोटनह्यामको जित


ग्लोब नेपाल
108
Shares

लन्डन । ईङलिश प्रिमियर लिग अन्तर्गत टोटनह्यामले न्यूक्यासल युनाइटेडलाई पराजित गरेको छ । गएराती सम्पन्न खेलमा टोटनह्यामले न्यूक्यासललाई ४-१ गोल अन्तरले पराजित गरेको हो ।

टोटनह्यामको जितमा रिचार्लिशनले दुई गोल गरेका थिए भने डेस्टिनी उडोगी र सन् हेंग मिनले एक एक गोल गरेका थिए । त्यस्तै न्यूक्यासलका लागि एक गोल जेलिंगटनले गरेका थिए ।

यो जितपछि टोटनह्यामको १६ खेलमा ३० अंक रहेको छ र लिगमा पाँचौं स्थानमा रहेको छ । त्यसैगरी न्यूक्यासलको भने यो यस सिजनमा छैटौं हार हो । १६ खेलमा २६ अंक रहेको न्यूक्यासल लिगमा सातौं स्थानमा रहेको छ ।

एभर्टनसँग चेल्सी २-० ले पराजित
गएराती सम्पन्न अर्को खेलमा एभर्टनले चेल्सीलाई पराजित गरेको छ । एभर्टनले चेल्सीलाई २-० गोल अन्तरले पराजित गरेको हो । एभर्टनको जितमा एडबोउलाए डोउकोउरे र लेविस डोबिनले एक एक गोल गरेका थिए ।

यो जितपछि एभर्टनको १६ खेलमा १३ अंक भएको छ र लिगमा १७औ स्थानमा छ । यस सिजनमा एभर्टनमाथि १० अंकको कारवाही भएका कारण अंकतालिकामा पछाडी रहेको छ । त्यस्तै चेल्सीको भने यस सिजनमा यो सातौं हार हो । १६ खेलमा १९ अंक रहेको चेल्सी १२औ स्थानमा रहेको छ ।