यू-१९ एसिया कप : नेपाल भारतसँग ५२ रनमा अल आउट

यू-१९ एसिया कप : नेपाल भारतसँग ५२ रनमा अल आउट



काठमाडौं । यू-१९ एसिया कप क्रिकेटमा नेपाल भारतसँग ५२ रनमा अल आउट भएको छ ।

यूएईमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपाल २२ दशमलव १ ओभरमा ५२ रनमा अल आउट भएको हो । नेपालका लागि कुनै पनि ब्याट्सम्यानले दोहोर अंकमा रन जोड्न सकेनन् ।

ओपनर दिपक बोहोरालाई १ रनमा गुमाएको नेपालका भरपर्दा ब्याट्सम्यान अर्जुन कुमाल ७ रनमा पेविलियन फर्किएका थिए ।

उत्तम मगर शुन्य रनमा आउट हुदाँ कप्तान देव खनाल २, गुलसन झा ४, दिपक डुम्रे शुन्य, दिपक बोहोरा ७, दिपेश कँडेल ४, सुबास भण्डारी २ र हेमन्त धामी ८ रनमा आउट भए । आकाश चन्द ४ रनमा अविजित रहे ।

यू-१९ क्रिकेटमा नेपालको यो अहिलेसम्म्कै न्यून स्कोर हो । यसअघि नेपाल सन् २००८ मा जिम्बाब्वे विरुद्ध ५९ रनमा अलआउट भएको थियो ।

नेपाललाई अल आउट गर्ने क्रममा भारतका राज लिम्बानीले ७ विकेट लिए । आरध्या सुक्लाले २ तथा आर्शिन कुलकर्नीले एक विकेट झारेका थिए ।