कृषिमा निजी क्षेत्रको पहिलो पब्लिक कम्पनी ‘मुक्तिनाथ कृषि कम्पनी’ नेप्सेमा सूचीकृत

कृषिमा निजी क्षेत्रको पहिलो पब्लिक कम्पनी ‘मुक्तिनाथ कृषि कम्पनी’ नेप्सेमा सूचीकृत



मुक्तिनाथ विकास बैंक मुख्य प्रवर्धक रही कृषि क्षेत्रमा देखिएका समस्याहरुको संस्थागत रुपमा दीगो समाधानमा अग्रणी भूमिका पूरा गर्ने गरी स्थापना भएको मुक्तिनाथ कृषि कम्पनी २०८० साल मंसिर २८ गते विहीबारदेखि विधिवत रुपमा नेपाल स्टक एक्सचेञ्जमा कारोबार सुरु भएको छ ।

कम्पनी स्थापनाको ५ वर्ष भित्रमा सर्वसाधारणमा सेयर निष्काशन गरी निजी क्षेत्रबाट कृषिमा योगदान दिन पहिलो पब्लिक लिमिटेडको रुपमा मुक्तिनाथ कृषि कम्पनी सञ्चालनमा रहेको छ ।

स्थानीय सरकार, सामुदाय र सहकारी संस्थाहरुसंगको साझेदारी तथा सहकार्यमा स्थानीय माग र आवश्यकता बमोजिमको कृषि सम्बन्धी सेवाहरु प्रदान गर्न कम्पनीले सातै प्रदेशमा आफ्ना क्षेत्रीय कार्यालयहरु स्थापना गरी सकेको छ भने, ७७ ओटै जिल्लाहरुमा ४०० भन्दा बढी व्यवसायिक साझेदारहरु मार्फत पहूँच विस्तार गरी सकेको छ ।

कषि उत्पादन बृद्धिको लागि आवश्यक पर्ने सबै प्रकारका श्रोत साधनहरुको गुस्तरीय उपलब्धता, उत्पादित कृषि उपजहरुको बजार व्यवस्थापन र विशेषज्ञ प्राविधिक परामर्श सेवा सहितको सेवाहरु प्रदान गर्न संस्थागत संरचना नै दीगो र पारदर्शी हुने भएकोले मुक्तिनाथ कृषि कम्पनी पब्लिक लिमिटेड कम्पनीको रुपमा अगाडि आएको हो ।