महोत्तरी । नेकपा एमालेका केन्द्रीय सदस्य सरोज यादवले ५ पुसपछि बर्तमान सरकार ढल्ने दाबी गरेका छन ।
सम्बन्ध स्थानीय, सन्देश राष्ट्रिय भन्ने मुल नाराका साथ झुलाघाट–चिवाभञ्ज्याङ संकल्प यात्रा सकिए पछी प्रचण्ड सरकार ढल्ने यादवले दाबी गरेका हुन ।
संसद लक्ष्मी महतो कोइरीलाई जिल्ला अदालतले सफाई दिएपछि महोत्तरीको गौशालामा आयोजित शुभकामना कार्यक्रममा बोल्दै मधेश प्रदेशका संसदीय दलका नेता समेत रहेका यादवले ५ पुसपछि सरकार ढल्ने र नया सरकार बन्ने ठोकुवा गरेका हुन् । बैतडीको झुलाघाटबाट १४ मंसिरदेखि सुरु भएको एमाले यात्रा १ पुसमा पाँचथरको चिवाभञ्ज्याङ पुगेर सकिदैछ ।
‘५ गते पत्रकार सम्मेलन गरे पछी यो सरकारको खुट्टाहरु भत्किन्छ’, उनले भने, ‘सरकार ढल्ने निश्चित रहेको छ । उनका अनुसार सरकारले जनताको मनोभावनाअनुसार काम नगरेको हुनाले पनि नया बन्ने सरकार केपी शर्मा ओली कै नेतृत्वमा बन्नेछ । अदालतले सफाई दिनुभन्दा अगाडि फरार रहेका कोइरीलाई समेत एमालेले नै संरक्षण गरेको बताउदै भारतमा पक्राउ गर्दा पनि नेपाल प्रहरी छाडेर आएको उनले खुलासा गरेका छन् ।
पक्राउ परेपछी के गर्ने भन्ने सम्बन्धमा माओवादी केन्द्रका प्रदेश संसद भरत साहसगँ समेत सल्लाह गरेको खुलासा गर्दै जिल्ला अदालतको निर्णय सत्यको पक्षमा भएको उनले बताए ।
प्रतिक्रिया