एनएसएल : ललितपुर र इलाम तथा पोखरा र लुम्बिनी खेल्दै

एनएसएल : ललितपुर र इलाम तथा पोखरा र लुम्बिनी खेल्दै



काठमाडौं । नेपाल सुपर लिग (एनएसएल) फुटबलमा आज दुई खेल हुँदैछन् । आज ललितपुर सिटी एफसी र स्पोर्टिङ इलाम तथा पोखरा थन्डर्स र बुटबल लुम्बिनी एफसीबीच खेल हुनेछ ।

ललितपुर र इलामको खेल दिउँसो एक बजे दशरथ रङ्गशालामा हुनेछ । ललितपुर ६ खेलमा १० अंककासाथ तालिकाको तेस्रो स्थानमा छ । आजको खेल जितेमा शीर्ष स्थानमा पुग्नेछ । इलाम भने ७ खेलमा पाँच अंकसहित पुछारमा छ ।

यस्तै, दशरथ रङ्गशालमै बेलुका ५ बजे बुटवल लुम्बिनी र पोखराको खेल हुनेछ । पोखरा ६ खेलमा ११ अंककासाथ दोस्रो स्थानमा छ । पोखरालाई पनि आजको खेल जितेमा शीर्ष स्थानमा पुग्ने मौका छ । बुटवल लुम्बिनीको ६ खेलमा सात अंक छ । तालिकाको छैटौँ स्थानमा छ ।

हिजो साविक विजेता काठमाडौं रेजर्ससँग बराबरी खेलेको धनगढी ६ खेलमा १२ अंककासाथ शीर्ष स्थानमा छ ।