प्रिमियर लिगमा आज चेल्सी र उल्भ्स खेल्दै

प्रिमियर लिगमा आज चेल्सी र उल्भ्स खेल्दै



काठमाडौँ । इंग्लिस प्रिमियर लिगमा आज चेल्सी र उल्भ्स खेल्दैछन् । यो खेल नेपाली समयअनुसार बेलुका सवा ६ बजे शुरु हुनेछ ।

चेल्सी १७ खेलमा २२ अंकसहित तालिकाको दशौँ स्थानमा छ । समान खेलमा १९ अंक रहेको उल्भ्स चौधौँ स्थानमा छ । गएराति भएको खेलमा आर्सनल र लिभरपुलले एक/एक गोलको बराबरी खेले ।

बराबरीसँगै आर्सनल शीर्ष स्थानमा यथावत् छ । उसको १८ खेलमा ४० अंक छ । दोस्रो स्थानमा रहेको लिभरपुलको समान खेलमा ३९ अंक छ ।