एनएमबि बैंकले ल्यायो नयाँ सुविधा

एनएमबि बैंकले ल्यायो नयाँ सुविधा



काठमाडौँ । एनएमबि बैंकले हेटौंडा खानेपानी व्यवस्थापन बोर्ड संग सम्झौता गरी अब एनएमबि बैंकको ग्राहकहरुलेमोबाइल बैंकिंग एप प्रयोग गरी हेटौंडा खानेपानीको महशुल बिना कुनै झंझट घरै बसीअनलाइन तिर्न सक्ने व्यवस्था मिलाएको छ ।

हेटौंडा खानेपानी कार्यालयमा आयोजित कार्यक्रममा हेटौंडा उपमहनगरपालिकाको नगर प्रमुख मिनाकुमारी लामा प्रमुख अतिथिको रुपमा उपस्थित रहेकाे कार्यक्रममा एनएमबि बैंकका नायव प्रमुख कार्यकारी अधिकृत सुदेश उपाध्याय र खानेपानी व्यवस्थापन बोर्डका अध्यक्ष प्रताप बिष्टबीच सम्झौता आदानप्रदान भएको थियो । बैंकले आफ्नो सेवा अभिवृद्धि गर्ने क्रममा यस्ता सुविधाहरु ग्राहक माझ प्रस्तुत गर्दै आइरहेको छ ।

एनएमबि बैंकले दि फिनान्सियल टाईम्स, लण्डनको ‘द ब्यान्कर’ पत्रिकाद्वारा एसियाकै सर्वोत्कृष्ट बैंककोउपाधी ‘बैंक अफ दि इयर एसिया २०२१’ उपाधीबाट सम्मानित भएको बैंक हो । एनएमबि बैंकले २०१७,२०१८, २०२० र २०२१ लागी पनि उक्त पत्रिकाद्वारा चार पटक नेपालकै उत्कृष्ट बैंकको उपाधी ‘बैंक अफ दि इयर नेपाल’ प्राप्त गरि सकेकको छ ।एनएमबि बैंकले हाल देशभरी २०१ शाखाहरु, १६७ एटिएमहरु र १२ एक्सटेन्सन काउन्टरहरु मार्फत उच्चस्तरीय सेवा प्रदान गदै आइरहेको छ ।