हेटौँडा । हेटौँडामा ७ प्रदेशका मुख्यमन्त्रीले ९ बुँदे निर्णय गरेका छन् । निर्णय कार्यान्वयन नगरे दबाबमूलक संघर्षका कार्यक्रम गरिने चेतावनी समेत दिएका छन् । सात जना मुख्यमन्त्रीहरु, मुख्यन्यायाधिवक्ताहरु र प्रमुख सचिवहरु सहितको बैठकले नौ बुँदे निणयहरु गरेर पत्रकार सम्मेलन गर्दै सार्वजनिक समेत गरेका छन् ।
सात प्रदेशका मुख्यमन्त्रीहरुको भेलाले तीनै तहको सरकारलाई प्रभावकारी बनाउन संविधान निर्माणमा संलग्न प्रमुख दलहरुबीच साझा धारणा बनाउनुपर्ने निष्कर्ष निकालेको छ । यसका लागि नियमित छलफल गर्ने संयन्त्र विकास गरी राष्ट्रिय सहमति सहितको साझा धारणा निर्माणमा पहल गर्न प्रधानमन्त्रीलाई आग्रह गरेको छ ।
हेटौँडा भेलाले तयार पारेको नौ बुँदे साझापत्र भोलि शनिवार बिहान प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई बुझाउने उनीहरुले बताएका छन् ।
![](https://globenepal.com/wp-content/uploads/2023/12/1-1-535x768.jpg)
![](https://globenepal.com/wp-content/uploads/2023/12/2-3-768x738.jpg)
प्रतिक्रिया