यो सरकार हाम्रो पदयात्रा नसकिदैँ ढल्न सक्छ : ओली

यो सरकार हाम्रो पदयात्रा नसकिदैँ ढल्न सक्छ : ओली



डडेल्धुरा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बर्तमान सरकार चाँडै ढल्ने दाबी गरेका छन । समृद्धिका लागि संकल्प यात्राअन्तर्गत डडेल्धुरामा आयोजित आमसभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकार चाँडै ढल्ने दाबी गरेका हुन । 

‘हामीले अहिले मिसन ८४ भनिरहेका छौं, यो सरकार ढाल्नै पर्दैैन, यो त आफै ढल्दैछ, यो अहिले नै हल्लिरहेको छ,’ जारी सभालाई सम्बोधन गर्दै ओलीले भने, ‘यो कुनै खुट्टा भएको सरकार होइन, यो गठबन्धनहरुको छेस्कनो लगाएको सरकार हो, हाम्रो पदयात्रा नसकिदै यो सरकार ढलिसकेको हुनसक्छ, कुनै भर छैन्, यसको कुनै सिद्धान्त, नीति, योजना र कार्यक्रम छैन ।’

उनले प्रधानमन्त्री दाहालले नेपाली कांग्रेसलाई प्रचण्ड पथमा हिडाएको पनि आरोप लगाएका छन । ‘कांग्रेस प्रचण्डपथको भरिया बनेको छ, यो सरकार प्रचण्ड पथमा लागेको छ । आफनै मान्छे थुनिएको छ, हो होइन अदालतले भन्ला तर सत्तामा रहेको दलहरु प्रचण्ड पथतर्फ गईरहेका छन् ।’ 

अध्यक्ष ओलीले भने, ‘सत्ता गठबन्धन र गठबन्धनका नेताहरु सत्ता स्वार्थ, सरकार जोगाउने, मन्त्री जोगाउने, कसरी मन्त्री हुने, कसले बढी कमाउने, कसले बढी आफन्त पोस्ने धन्दामा लागिरहेका छन् ।’