आइसीसी लिग टूको पहिलो सिरिज फागुनमा

आइसीसी लिग टूको पहिलो सिरिज फागुनमा



काठमाडौं । आइसीसी क्रिकेट वर्ल्ड कपअन्तर्गत लिग टू को पहिलो खेल नेपालमा हुने भएको छ । नेपाल क्रिकेट संघ (क्यान)का अनुसार ५ फागुनबाट काठमाडौंमा हुने पहिलो सिरिज खेल्न नेदरल्याण्ड्स र नामिबिया नेपालमा आउने छन् ।

फागुन ५ बाट सुरू हुने सिरिजमा नेपालले नेदरल्यान्ड्स र नामिबियासँग दुई-दुई खेल खेल्नेछ ।

यसअघि लिग टूको खेलमा नेपालले उत्कृष्ट पुनरागमन गर्दै विश्वकप क्वालिफार्यस खेलेको थियो। सन् २०२७ सम्म चल्ने लिग टू को खेलमा नेपालले युएई, ओमान, स्कटल्यान्ड, नेदरल्यान्ड्स, नामिबिया, अमेरिका र क्यानडासँग खेल्नेछ ।

लिग टूको यो दोस्रो संकरण हो, जुन २०२७ सम्म चल्नेछ ।