बागमतीका मुख्यमन्त्रीले बोलाए सर्बदलीय बैठक

बागमतीका मुख्यमन्त्रीले बोलाए सर्बदलीय बैठक



हेटौंडा ।  बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले आज सर्वदलीय बैठक बोलाएका छन् । जसअनुसार आज मुख्यमन्त्री कार्यालयमा दिउँसो १ बजेका उक्त बैठक बस्नेछ ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय हेटौँडामा प्रदेशका मन्त्रीहरूसँगको छलफलपछि मुख्यमन्त्री जम्कट्टेलले आजका लागि सर्वदलीय बैठक आह्वान गरेका हुन् । 

प्रदेशको वर्तमान राजनीतिक अवस्था र संसदीय समिति विषयमा छलफलका लागि बैठक आह्वान गरिएको मुख्यमन्त्री जम्कट्टेलले जानकारी दिएका छन् ।