नेपाल मेडिकल काउन्सिलको अध्यक्षमा चोपलाल भुसाल नियुक्त

नेपाल मेडिकल काउन्सिलको अध्यक्षमा चोपलाल भुसाल नियुक्त



काठमाडौं । नेपाल मेडिकल काउन्सिलको अध्यक्षमा प्रा. डा. चोपलाल भुसाल नियुक्त भएका छन् ।

मंसिर १३ गते बसेकोको मन्त्रिपरिषद् बैठकले भुसाललाई काउन्सिल अध्यक्षमा नियुक्त गरेको हो । अध्यक्षको कार्यकार चार वर्ष रहने व्यवस्था छ ।

नाक, कान, घाँटी रोग विशेषज्ञ समेत रहेका प्रा. डा. भुसालले अध्यक्ष पदको कार्यभार स्वास्थ्य मन्त्रालयबाट पत्र बुझेको र मंगलबार पदभार सम्हाल्ने बताइएको छ ।

यसअघि काउन्सिलको अध्यक्ष पदमा वरिष्ठ मुटुरोग विशेषज्ञ प्रा.डा. भगवान् कोइराला रहेकोमा उनको कार्यकाल गत कात्तिका १८ गते सकिएको थियो ।