पाँच निर्माण व्यवसायी कम्पनी कालोसूचीमा (सूचीसहित)

पाँच निर्माण व्यवसायी कम्पनी कालोसूचीमा (सूचीसहित)


ग्लोब नेपाल
54
Shares

काठमाडौँ । सार्वजनिक खरिद अनुगमन कार्यालयले विभिन्न पाँच वटा निर्माण व्यवसायी र आपूर्तिकर्ता कम्पनीलाई कालोसूचीमा राखेको छ ।

कार्यालयले आज एक सूचना जारी गर्दै ती कम्पनीलाई कालोसूचीमा राखिएको जनाएको हो ।‘विभिन्न निकायबाट लेखी आएबमोजिम सार्वजनिक खरिद ऐन, २०६३ को दफा ६३ को उपदफा (१) बमोजिम १ देखि ३ वर्षसम्म काम गर्न नपाउने गरी कालोसूचीमा राखिएको छ ।’

‘कालो सूचीमा राखिएका निर्माण व्यवसायी/आपूर्तिकर्ताले कालो सूचीमा राखिएको अवधिभर सार्वजनिक निकायको कुनै पनि खरिद कारवाहीमा भाग लिन सक्ने छैनन्,’ सार्वजनिक खरिद अनुगमन कार्यालयले जारी गरेको सार्वजनिक सूचनामा उल्लेख छ ।