कोरिया जान ईपीएस भाषा परीक्षाका लागि आवेदन खुला (सूचनासहित)

कोरिया जान ईपीएस भाषा परीक्षाका लागि आवेदन खुला (सूचनासहित)


ग्लोब नेपाल
729
Shares

काठमाडौँ । वैदेशिक रोजगार विभागले कोरियाको उत्पादनमुलक क्षेत्रमा कामदार लैजाने प्रयोजनका लागि कोरियन भाषा परीक्षा (ईपीएस-टपिक) को लागि आवेदन फारम खुला गरेको छ ।

विभागले आज सूचना जारी गर्दै आगामी पुस २ गतेदेखि ६ गतेसम्म आवेदन आह्वान गरेको छ ।

परीक्षाका लागि आवेदन फारम अनलाइनमार्फत मात्र भर्नुपर्ने सूचनामा उल्लेख छ । त्यस्तै, परीक्षा शुल्क २८ अमेरिकी डलर लाग्ने र भुक्तानी पनि अनलाइन नै गर्नुपर्ने सूचनामा जनाइएको छ । पढाइ र सुनाइ गरी दुवैको १००-१०० पूर्णाङ्कको भाषा परीक्षा हुने विभागले जनाएको छ ।