जनसम्पर्क समिति बेल्जियमको सभापति बने सुवास गुरुङ

जनसम्पर्क समिति बेल्जियमको सभापति बने सुवास गुरुङ


ग्लोब नेपाल
1.5k
Shares

नेपाली जनसम्पर्क समिति,बेल्जियमको सभापतिमा सुवास गुरुङ चयन भएका छन्। गुरुङले समितिको अर्को अधिवेशन सम्पन्न नहोउञ्जेलसम्मका लागि सोमवारबाट आफ्नो कार्यकाल सुरु गरेका छन्।

दुई वर्ष पहिले सन् २०२१ को अक्टुबर २९ तारिख सम्पन्न समितिको पाँचौं अधिवेशनमा सभापतिका प्रत्यासीहरुका बीच कार्यकाल बाँडफाँड गर्ने सहमति भए अनुसार पहिलो दुई वर्ष पूर्ण तिमिल्सिनाले समितिको सभापतिको जिम्मेवारी बहन गरेका थिए। सोही सहमति अनुसार सोमवार सम्पन्न समितिको सातौँ साधारण सभाबाट बाँकी कार्यकाल गुरुङले सभापतिको जिम्मेवारी बहन गर्नेगरी कार्यभार ग्रहण गरेका हुन्। समितिको पाँचौं अधिवेशनका केन्द्रीय प्रतिनिधि नारायण आचार्यले गुरुङलाई पदभार ग्रहण गराउँदै प्रमाण पत्र प्रदान गरेका थिए।

कार्य समितिका अन्य पदाधिकारी र सदस्यहरु भने यथावत राखेर सभापतिको मात्र पद हस्तान्तरण गरिएको हो। कार्यभार ग्रहण गरेपछि सभापति गुरुङले समितिको विधान र संगठनको सामुहिक भावाना अनुसार सबैसंग समन्वय गरेर सांगठनिक हितका लागि काम गर्ने प्रतिवद्धता व्यक्त गरेका छन्।

ओखलढुंगा जिल्लाको रुम्जाटार पुर्ख्यौली थलो भएका गुरुङ बिगत दुई दशकदेखि सपरिवार बेल्जियममा बस्दै आइरहेका छन्।

को को छन् नेपाली जनसम्पर्क समिति बेल्जियमको कार्य समितिमा ?
सभापति मात्र परिवर्तन गरेर दुई वर्ष पहिले निर्वाचित कार्य समितिलाई नै निरन्तरता दिएको समितिको कार्य समितिको पूर्ण विवरण यस्तो रहेको छ।
सभापति: सुवास गुरुङ
वरिष्ठतम उपसभापति: दिलमाया शर्मा
बरिष्ठ उपसभापति : केदार जोशी
महिला उपसभापति: राधा प्रधान
उपसभापति: बिराट जोशी
उपसभापति: पेम्बा दोर्जे शेर्पा
महामन्त्री: प्रकाश गिरी
महामन्त्री:गोबिन्दसिंह अधिकारी
महामन्त्री: कमल सिटौला
सह महामन्त्री: हुमनाथ पाण्डे
सह महामन्त्री: शिवलाल खरेल
सह महामन्त्री:-कल्पना घिमिरे
सह महामन्त्री: सन्तोष न्यौपाने
सह महामन्त्री: राकेश घिमिरे
कोषाध्यक्ष:- रबिन पण्डित
सह कोषाध्यक्ष: यानुका गुरुङ श्रेष्ठ
सह कोषाध्यक्ष: हरिबहादुर रोका
पदेन सदस्य:- पूर्ण तिमिल्सिना
सदस्यहरू:
मदन दवाडी
प्रेम तिमिल्सिना
कौशल खनाल
काशी दानै
दामन तामाङ
दिपक न्यौपाने
राजेन्द्र घिमिरे
कृष्ण शाही
अनुजा प्रधान
कर्ण अधिकारी
जयराम केसी
बलबहादुर पुन:
रामु अर्याल
रमेशराज लामिछाने
होम रानाभाट
प्रतिष्ठा ओझा
रामचन्द्र शर्मा
टीकाराम सापकोटा
परशुराम सापकोटा
नरहरी सापकोटा
बिनोद पौडेल
चिनियाँ दुलाल
हेमराज सापकोटा
राकेश कर्माचार्य
अन्जु शाही
जुमकाजी गुरुङ
बुद्ध अधिकारी (दिप्सन)

सल्लाहकारहरु :-
रामप्रसाद ढुंगाना
देवु पौडेल
रमेश सापकोटा
दिनेश भण्डारी
नन्दु घले
धर्म पाठक
अनिता लामा
घन शाही