रजिष्ट्रार कार्यालयले भन्यो-एनसेलले सेयर अद्यावधिक गरेको छैन

रजिष्ट्रार कार्यालयले भन्यो-एनसेलले सेयर अद्यावधिक गरेको छैन


ग्लोब नेपाल
54
Shares

काठमाडौँ । कम्पनी रजिष्ट्रार कार्यालयका रजिष्ट्रार दीपककुमार पहाडीले एनसेलको सेयर अद्यावधिक नभएको बताएका छन् । संसद्को सार्वजनिक लेखा समितिको बैठकमा उनले एनसेलको सेयर अहिलेसम्म अद्यावधिक नभएको बताएका हुन् ।

आजियाटाले टेलिया सनेराबाट रेनोल्ड्स होल्डिङ किनेको थियो । उनले विदेशी लगानीकर्ताले विधि पुर्‍याएपछि रजिष्ट्रारको कार्यालयमा दर्ता गर्न आउने बताए । एनसेल विसं २०७७ अघि प्राइभेट कम्पनी थियो । सार्वजनिक बनाउन उनीहरूले ११ सेयर ६ जनालाई थपेर सार्वजनिक कम्पनी बनेको उनको भनाइ छ ।

टेलिया सनेराले आफ्नो सेयर अफशोर मै बिक्री गरेको उनले बताए । अहिले आजियाटा मालिक भए पनि सेयर रेनोल्ड्सको नै भएको कम्पनी रजिष्ट्रारको कार्यालयले जनाएको छ ।

आजियाटाले होल्डिङ नै बिक्री गरेकाले सेयर अद्यावधिक नभएको उनले बताए । थपिएका सेयर होल्डरहरु लेना केशरी कंशाकार, कवीन मुर, समीर गौतम, कञ्चनसिंह कार्की, ज्योति दाहाल, उमा महर्जन हुन् ।

११ कित्ता सेयर थपेर सार्वजनिक कम्पनी बनेको पहाडीले स्पष्ट पारे । २० प्रतिशत नेपाली पार्टनर र ८० प्रतिशत रेन्होल्डसकै हो । रेन्होल्ड्स कम्पनी परिवर्तन नभएको उनले जानकारी दिए ।