निर्माण दिवसका अवसरमा व्यवसायीद्वारा रक्तदान

निर्माण दिवसका अवसरमा व्यवसायीद्वारा रक्तदान


ग्लोब नेपाल
108
Shares

काठमाडौं । १६ औं राष्ट्रिय निर्माण दिवसका अवसरमा देशका विभिन्न सहरहरुमा निर्माण व्यवसायीले रक्तदान गरेका छन् । नेपाल निर्माण व्यवसायी महासंघका अनुसार काठमाडौं, विराटनगर, हेटौडालगायत देशका विभिन्न सहरहरुमा झन्डै पाँच सय निर्माण व्यवसायीले रक्तदान गरेका छन् । महासंघको मुख्य कार्यालय रहेको क्षेत्रमा सरकारले जुलुस, भेला गर्न नपाइने आदेश गरेकाले प्रभातफेरि निकाल्न सम्भव नभएको महासंघले जनाएको छ ।

विराटनगरमा ५८ जनाले रक्तदान गरेका थिए । निर्माण व्यवसायी संघ मोरङले शुक्रबार विराटनगरमा आयोजना गरेको रक्तदान कार्यक्रममा ५८ जना निर्माण व्यवसायीहरूले रक्तदान गरेका छन् । पछिल्लो समय विराटनगरमा विभिन्न संघ संस्थाहरुले रक्तदान गर्दा विभिन्न रोगका कारण रक्तदान गर्ने रक्तदाताहरुको संख्या घट्दो क्रममा छ ।

निर्माण व्यवसायी संघ मोरङ विराटनगरका अध्यक्ष महेशकुमार मिश्र, मानार्थ सदस्य एवं पूर्व अध्यक्ष अशोक मिश्र, सल्लाहकार ऋषिराज जोशी, लेखनाथ खत्री, सागर बानियाँ, दिपक पौडेल, बरिष्ठ उपाध्यक्ष ध्रुवराज कार्की, द्वितीय उपाध्यक्ष रमेश कोइराला, महासचिव उत्तमराज जोशी, सचिव राधेश्याम कट्टेल, कोषाध्यक्ष दाताराम पौडेल, सहकोषाध्यक्ष संजयकुमार यादव सहित कार्यकारिणी समितिका सदस्य तथा निर्माण व्यवसायीहरूको रक्तदान कार्यक्रममा सहभागिता रहेको थियो । नेपाल रेडक्रस सोसाइटी मोरङसँग सहकार्य गरेर संघले रक्तदान कार्यक्रम आयोजना गरेका थिए ।