सुजनको परिवारलाई कर्णाली सरकारले दुई लाख दिने

सुजनको परिवारलाई कर्णाली सरकारले दुई लाख दिने



सुर्खेत । कर्णाली प्रदेश सरकारले ललितपुरको बालकुमारीमा भएको घटनामा ज्यान गुमाएका दैलेखका सुजन रावतको परिवारलाई दुई लाख दिने भएको छ ।

प्रदेश सरकारले मंगलबार मृतक रावतको परिवालाई दुई लाख रकम दिने घाेषणा गरेकाे सरकारका प्रवक्ता एवम् आन्तरिक मामिला तथा कानुन मन्त्री कृष्णबहादुर जिसीले जानकारी दिए ।

महावु गाउँपालिका–६ का रावतको शुक्रबारको बालकुमारीमा भएको आन्दोलनका क्रममा मृत्यु भएको थियो । मंगलबार नै रावतको अन्त्येष्टि दैलेखमा गरिएको छ ।