सांस्कृतीक कार्यक्रम गर्दै कोलोराडोमा मनाइयाे तमु ल्होसार

सांस्कृतीक कार्यक्रम गर्दै कोलोराडोमा मनाइयाे तमु ल्होसार



कोलोराडो (अमेरीका) । तमु ल्होसार कोलोराडोमा बिभिन्न सांस्कृतीक कार्यक्रमका साथ नयांबर्षको सुभकामना आदान प्रदान गर्दै मनाइएकाे छ । तमु धी कोलोराडोको आयोजनामा यहाँका तमु समुदायले आफ्नो संस्कृती परंपरा अनुसार बिरालो बर्गलाई बिदागरी गडुर बर्गलाई स्वागतगर्दै सोमबार ल्होसार मनाएका हुन् ।

तमु धी कोलोराडोका अध्यक्ष चन्द्रमान गुरुङको अध्यक्षतामा बोल्डर नगरमा संम्पन्न कार्यक्रम, ८८ बर्षिय बयोबृद्ध दुजमयां गुरुङद्धारा पानसमा बत्तीबालेर उद्धाटन गरिएको थियो । कार्यक्रमको सुरुमा नेपाली , अमेरिकी र गुरुङ राष्ट्रिय गान गाईएको थियो । कार्यक्रममा कोलोराडोमा सकृय संघ संस्थाका प्रतिनिधी, गन्यमान्य, व्यवसाही, पत्रकार तथा नेपाली भाषी बा आमा, दाजुभाई दिदी बहिनीहरुको बाक्लो उपस्थिती रहेको थियो । कार्यक्रममा उपस्थित अतिथीहरुलाई खादा लगाई दिई सम्मान गरिएको थियो ।

तमु धीका उपाध्यक्ष भुवन गुरूङ र सरीता गुरूङद्वारा संयूक्त रूपमा संचालित कार्यक्रमा संस्थाका अध्यक्ष चन्द्रबहादुर गुरूङले उपस्थित सबैलाइ स्वागत गर्दै यसको महत्व र अवस्यकता बारे प्रकाश पारेका थिए । हाम्रो भाषा संस्कृती हराए हाम्रो पहिचाह नै हराउने छ भन्दै यसलाइ आफ्नो सन्ततीमा जस्ताको तस्तै हस्थान्तरण गर्ने बाताबरण सृजना गर्न सबैलाइ अनुरेध गरे । स्थानीय समुदायलाई तमु संस्कृतीको पहिचाहन गराउनुको साथै तमु संस्कृती जोगाईराख्न कार्यक्रम आयोजना गरिएको उनले बताए ।

कार्यक्रमको दाश्रो चरणमा गतबर्ष देखि कोलोराडोमा शुरू गरिएको गुरूङ भाषा कक्षाका बाल बालिकाहरूले कार्यक्रम प्रश्तुत गरेका थिए । उनीहरूले आफ्नो परिचय गुरूङ भाषाबाट दिदैं बिभिन्न सांगितीक कार्यक्रम समेत प्रदर्शन गरेका थिए । सोही अवशरमा गत बर्षदेखी निशुल्क गुरूङ भाषा सिकाउदै आएका सिक्षक शंकर गुरूङलाइ सम्मान गरिएको थियो ।

कार्यक्रममा कलाकारहरूले गुरुङ, नेपाली र अंग्रजी भाषाका गीत गाएर, दुइ छुट्टा छुट्टै लाइभ ब्याण्ड Kathmandu Rocks र Besurey Rocks द्धारा सांगीतिक प्रश्तुती गरेर, कौडा नृत्य लगायतका बिभिन्न कलाकारहरुको गीतमा स्थानीय कलाकारहरुले कुशल नृत्य प्रश्तुत गरेर सहभागी दर्शकहरुको मन जितेका थिए । कार्यक्रममा उपस्थित धेरै सहभागी तथा कलाकारहरु आफ्नै सांस्कृतीक पहिरनमा सझिएर आएका थिए ।

नेपालमा मुलत ३ किसिमको ल्होसार मनाउने गरिन्छ । गुरुङहरुले तोला , तमाङहरुले सोनाम र शेर्पाहरुले ग्याल्पो ल्होसारको नाममा मनाउने चलन छ । उनीहरुले यस बर्ष बिरालो बर्गलाई बिदाई गर्दै गीद्द बर्गलाई स्वागत गरेका छन् । ल्होसारमा परंपरा अनुसार पुरोहितबाट पुस १४ गते रातको १२ बजे दुख, दोखलाको ग्रह दशा शान्ति गराउछन् र भोली पल्ट नयां दिनको झुल्के घाम संगै नयां बर्षको स्वागत गर्दछन् । उनीहरु आ–आफ्नो समुदायका गन्यमान्यको घर घरमा गएर आर्शिवाद लिने गर्दछन् ।

कोलोराडोमा गत डिसेम्बर ३१ तारिक शनीबार सांझ पनि गुरूङ समुदायको अर्को संस्था तमु प्ये ल्हुले बिभिन्न सांस्कृतीक कार्यक्रमका साथ ल्होसार सम्पन्न गरेको थियो ।