मुक्तिनाथ विकास बैंकको वार्षिकोत्सवको अवसरमा आकर्षक अफरहरु, ५ हजार रुपैंया सम्म हात पर्न सकिने

मुक्तिनाथ विकास बैंकको वार्षिकोत्सवको अवसरमा आकर्षक अफरहरु, ५ हजार रुपैंया सम्म हात पर्न सकिने



काठमाडौँ । मुक्तिनाथ विकास बैंक लिमिटेडले १८औं वर्षमा प्रवेश गरेको अवसरमा आफ्नो ग्राहकहरुलाई डिजिटल भुक्तानीमा प्रोत्साहन गर्न विभिन्न योजना सार्वजनिक गरेको छ ।

पहिलो योजना अनुसार बैंकले टपअप मा टपअप धमाका सार्वजनिक गरेको छ । यस योजनामा बैंकको मोवाईल बैंकिङ्ग मार्फत रु २०० वा सो भन्दा बढीको टपअप कारोवार गर्दा दैनिक १८ जना ग्राहकले लक्की–ड्र मार्फत रु २०० को टपअप प्राप्त गर्नेछन् । यो योजना २०८० पौष १९ गते देखि २५ गते सम्मका लागि रहने छ ।

दोश्रो योजना अनुसार बिजुली र ईन्टरनेटको बिल भुक्तानी गर्ने ग्राहकलाई लक्षित गरेर अर्को योजना सार्वजनिक गरेको छ । यस योजनामा बैंकको मोवाईल बैंकिङ्ग मार्फत हाल सम्म बिजुली र ईन्टरनेटको बिल भुक्तानी नगरेका ग्राहकहरुले पहिलो पटक बिल भुक्तानी गरेमा नयाँ कारोवार गर्ने ग्राहकले भुक्तानी रकमको ५% वा अधिकतम रु ५० सम्म प्राप्त गर्न सक्नेछन् भने पहिले देखि बिल भुक्तानी गरिरहेका ग्राहकहरुले यस अवधिमा पुनः भुक्तानी गरेमा त्यस ग्राहक मध्ये बिजुलीको बिल अन्तर्गत १ जना र ईन्टरनेट विल अन्तर्गत १ जना ग्राहकले लक्की–ड्र मार्फत ५ महिना सम्मको बिल भुक्तानी वा अधिकतम रु ५०००/– सम्म प्राप्त गर्न सक्नेछन् । यो योजना २०८० पौष १९ गते देखि माघ १९ गते सम्मका लागि हुनेछ ।

तेश्रो योजना अनुसार बैंकको क्यूआर मर्चेन्ट भई कुनै पनि कारोवार क्यूआर मार्फत प्राप्त नगरेको मर्चेन्टहरुले यस अवधिमा एक पटक वा पटक पटक गरी रु ५०० सम्मको कारोवार रकम क्यूआर मार्फत प्राप्त गरेमा वा लिएमा त्यस ग्राहक मध्ये ५ जना ग्राहकले लक्की–ड्र मार्फत क्mबचत ध्बतअज प्राप्त गर्नेछन् । यो योजना २०८० पौष १९ गते देखि माघ १९ गते सम्मका लागि हुनेछ ।

यस विकास बैंकले डिजिटल कारोबारलार्ई प्रोत्साहन गर्न VISA Network अन्तर्गतको जुन सुकै बैंकको ATM बाट विना कुनै शुल्क रकम झिक्न सकिने व्यवस्था गरिएको छ । त्यसै गरी मोबाईल बैंकिङ्ग, क्यूआर कोड स्क्यान, अनलाईन कर्जा आवेदन, अनलाईन खाता खोल्ने, ईन्टरनेट बैंकिङ्ग, खाता मै रेमिट्यान्स जम्मा आदि जस्ता कार्यहरु बैंकको शाखामा उपस्थित नभई घरबाट गर्न सकिने व्यवस्था गरिएको छ ।