ललितपुरको सिडिओमा श्रेष्ठ, प्रहरी प्रमुखमा खनाल

ललितपुरको सिडिओमा श्रेष्ठ, प्रहरी प्रमुखमा खनाल



काठमाडौँ । जिल्ला प्रशासन कार्यालय ललितपुरमा तुलसीबहादुर श्रेष्ठ सरूवा भएर आएका छन् । यसअघि उनी गृह मन्त्रालयको आन्तरिक प्रशासन महाशाखामा रहेका थिए ।

यस्तै शुक्रबार गृह मन्त्रालयले जिल्ला प्रहरी परिसर ललितपुरमा एसएसपी शेखर खनाललाई सरूवा गरेकाे छ ।

बालकुमारी घटनापछि ललितपुरका सिडिओ र प्रहरी प्रमुखको सरूवा भएको थियो । एसएसपी सिद्धीविक्रम शाहलाई प्रहरी हेडक्वार्टर र सिडिओ रूद्रप्रसाद पण्डितलाई गृह मन्त्रालय तानिएको थियो ।