पुर्ख्यौली घर म्याग्दी, पर्बतको पाङ्गमा हुर्किएकी रुबिना शर्मा अहिले बेल्जियममा अध्ययनरत छिन्। पोसनाथ शर्मा र राधा कुमारी शर्मा कि जेठी सुपुत्री रुबिना गैरआवासीय नेपाली संघ बेल्जियमकी महासचिव हुन्।
उनी बेल्जियममा रहेको एक्टिभ इन्टरकल्चरल फेडेरेसनमा एडुकेशनल कोअडिनेटरको रुपमा कार्यरत छिन्। भर्खरै २५ वर्ष पुगेकी रुबिना बाल्यकालदेखि नै समाजसेवामा रुचि राख्दथिन्। उनी विदेशमा हुर्किदै गरेको नेपाली दोश्रो पुस्ताको अग्रपंक्तिमा छिन् । रुबिना समाज रुपान्तरण, प्रविधि र युवापुस्ताको उपस्थितिले मात्र सम्भव हुने बताउँछिन्।
संघको गत जुलाईमा सम्पन्न महाधिवेशनमा रुपान्तरणका लागि प्रविधि र युवापुस्ताको एजेण्डा अघिसारेपछि सर्वसम्मत महासचिव बन्न सफल भइन्। नेपाली, अंग्रेजी, डच, फ्रेन्च लगायत ७ भाषामा पोख्त रुबिना सुरिलो स्वर र आकर्षक व्यक्तित्वको रुपमा गैरआवासीय नेपालीहरु बीच चर्चा मा छिन्। गैरआवासीय नेपाली संघको गत अक्टोबरमा सम्पन्न अन्तरास्ट्रिय महाधिबेसनमा पनि उनको सक्रिय सहभागिता थियो।
सानैदेखि समाजसेवामा आबद्ध रुबिनालाई उनको अविरुचिले यहाँसम्म पुराएको उनी बताउँछिन्। आफूले यदि सानै भएपनि कसैलाई सहयोग गर्न सकिन्छ भने अवश्य पनि गर्नुपर्छ भन्ने उनको सोच रहेको छ। हाल महासचिवको कार्यभार कुशलतापुर्वक बहन गरिरहेकी उनको भावी योजना अर्को कार्यकाल गैरआवासीय नेपाली संघ बेल्जियमको अध्यक्षमा निर्वाचित हुने रहेको बताउँछिन्।
प्रतिक्रिया