राष्ट्रिय सभामा चार सिट नपाए शेखर समूहले उम्मेदवारी नै नदिने

राष्ट्रिय सभामा चार सिट नपाए शेखर समूहले उम्मेदवारी नै नदिने



काठमाडौँ । नेपाली काँग्रेसको डा. शेखर कोइराला समूहले राष्ट्रिय सभामा पार्टीबाट चार सिट नपाए उम्मेदवारी नदिने निर्णय गरेको छ ।

समूहका नेता कोइरालाको सम्पर्क कार्यालय बालुवाटारमा आइतबार भएको अनौपचारिक छलफलले गठबन्धनबाट पार्टीले १० सिट लिएपछि आफूहरूले चार सिट पाउनैपर्ने निष्कर्ष निकालेको हो ।

समूहले पार्टी कार्यालय सानेपामा केही बेरपछि बस्ने बोर्ड बैठकमा राष्ट्रियसभामा चार सिट पाउनुपर्ने माग राख्ने निर्णय भएको छलफलमा सहभागी एक नेताले जानकारी दिए । सम्मानजनक ‘भाग’ नपाए निर्णय प्रक्रियामा सहभागी नहुने संस्थापनइतर समूहकाे निष्कर्ष छ ।

आउँदो माघ ११ गते राष्ट्रियसभा सदस्यको निर्वाचन हुँदै छ । त्यसका निम्ति सोमबार (भोलि) उम्मेदवारको मनोनयनपत्र दर्ता गर्ने कार्यक्रम छ ।