प्रदेशमा हारेकी चौधरी जसपाकाे राष्ट्रियसभा उम्मेदवार

प्रदेशमा हारेकी चौधरी जसपाकाे राष्ट्रियसभा उम्मेदवार



काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालले राष्ट्रियसभा सदस्य निर्वाचनमा पूजा चौधरीलाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।

केन्द्रीय कार्यालयमा आज भएको केन्द्रीय कार्यकारिणी समितिको बैठकले रौतहटकी चौधरीलाई उम्मेदवार बनाउने निर्णय गरेको सो पार्टीका केन्द्रीय प्रचारप्रसार तथा प्रकाशन विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए ।

चौधरी गत मंसिरको प्रदेशसभा निर्वाचनमा रौतहट ३ (क) बाट पराजित भएकी थिइन् । उनी जसपा कार्यकारिणी समिति सदस्य गोविन्द चौधरीकी छोरी हुन् । १९ सीटमा हुने निर्वाचनमा गठबन्धनबाट जसपाले एक सीटमात्रै पाएको छ ।