नेपाल ताइवान स्वतन्त्रताको विपक्षमा : प्रधानमन्त्री

नेपाल ताइवान स्वतन्त्रताको विपक्षमा : प्रधानमन्त्री



काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपाल ताइवान स्वतन्त्रताको विपक्षमा रहेको बताएका छन् । आइतबार काठमाडौंमा चिनियाँ नयाँ वर्षको उद्घाटन कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले ताइवान चीनकै अभिन्न अंग भएको बताएका हुन् ।

उनले ताइवान स्वतन्त्रताका सम्बन्धमा नेपालको प्रष्ट दृष्टिकोण रहेको र आफ्नो चीन भ्रमणका क्रममा जारी संयुक्त वक्तव्यमा प्रष्ट पारेको बताए । उनले भने, ‘हामी फेरि भन्न चाहन्छौं, हामी ताइवान स्वतन्त्रताको विपक्षमा छौं । ताइवान चीनकै अभिन्न अंग हो ।’

नेपाल एक चीन सिद्धान्तप्रति स्पष्ट र दृढ रहेको भन्दै उनले आन्तरिक तथा वाह्य मामिलामा आएको परिवर्तनबाट यो प्रतिवद्धतामा प्रभावित नहुने समेत बताए ।

‘हामीले असल मित्रका रुपमा एकअर्काको संवेदशनीलतालाई नजिकबाट बुझेका छौँ । शान्तिपूर्ण सहअस्तित्व र पञ्चशीलका सिद्धान्तका आधारमा हाम्रो सम्बन्ध रहिआएको छ । नेपाल एक चीन सिद्धान्तप्रति स्पष्ट र दृढ छ । आन्तरिक तथा वाह्य मामिलामा आएको परिवर्तनबाट हाम्रो प्रतिवद्धतामा कुनै हालतमा प्रभावित हुँदैन । ताइवान चीनकै अभिन्न अङ्ग हो’, उनले भने, ‘ताइवान स्वतन्त्रता’का सम्बन्धमा नेपालको प्रष्ट दृष्टिकोण रहेको छ । मेरो चीन भ्रमणका क्रममा जारी संयुक्त वक्तव्यमा यसलाई प्रष्ट पारिएको छ । हामी फेरि भन्न चाहन्छौँ हामी ताइवान स्वतन्त्रताको विपक्षमा छौँ ।’

प्रधानमन्त्री दाहालले चीनकाबिरुद्ध नेपाली भूमि प्रयोग हुन नदिने स्पष्ट पारे ।