काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा धुम्बाराहीस्थित भाडाको घरबाट बूढानीलकण्ठकाे आफ्नै निवासमा सरेका छन् ।
घरको मर्मत सकिएपछि सभापति देउवा बुधबार आफ्नै निवासमा सरेको उनका प्रेस सल्लाहकार गोविन्द परियारले जानकारी दिए ।
गत पुस १० मा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ बनेपछि देउवा प्रधानमन्त्री निवास बालुवाटारबाट सिधै धुम्बाराहीमा भाडाको निवासमा सरेका थिए ।
बूढानीलकण्ठस्थित निवास मर्मत सम्भार गर्नु परेकाले देउवा धुम्बाराहीस्थित भाडाको घरमा सरेका थिए । घर मर्मत सम्भार ६ महिनामा सकिने भनिएपछि १३ महिना लागेको बताइएकाे छ ।
२०७८ असारमा गठबन्धनबाट सरकार बनेपछि देउवाले बूढानीलकण्ठको निवास छोडेका थिए ।


प्रतिक्रिया