सुदूरपश्चिम प्रदेश सभाको हिउँदे अधिवेशन सुरु

सुदूरपश्चिम प्रदेश सभाको हिउँदे अधिवेशन सुरु



धनगढी । सुदूरपश्चिम प्रदेश सभाको तेस्रो अर्थात् हिउँदे अधिवेशन सुरु भएको छ ।

बर्खे अधिवेशन सकिएको ४ महिनापछि हिउँदे अधिवेशन सुरु भएको हो । प्रदेश सभाको बर्खे अधिवेशन भदौ २८ गते अन्त्य भएको थियो ।

सुरु भएको हिउँदे अधिवेशनको पहिलो बैठकमा प्रदेश सभा सदस्यहरुले शुभकामना आदानप्रदान गर्ने कार्यसूची रहेको छ ।