माइतीघरबाट नेविसंघका २० जनाभन्दा बढी कार्यकर्ता पक्राउ

माइतीघरबाट नेविसंघका २० जनाभन्दा बढी कार्यकर्ता पक्राउ



काठमाडाैं । काठमाडाैंकाे माइतीघर क्षेत्रमा स्थानीय प्रशासनले लगाएकाे निषेधाज्ञा हटाउन माग गर्दै सत्तारुढ दलका कार्यकर्ताहरू सडकमा उत्रेका छन् ।

नेपाली कांग्रेसकाे भ्रातृ संगठन नेपाल विद्यार्थी संघले आज माइतीघरकाे निषेधाज्ञा हटाउन माग गर्दै प्रदर्शन गरेकाे हाे । प्रदर्शनमा सहभागी २० जनाभन्दा बढी कार्यकर्तालाई प्रहरीले पक्राउ गरेकाे छ ।

अभिव्यक्ति स्वतन्त्रताको अधिकार खोसिएको भन्दै नेविसंघले विरोध प्रदर्शन गरेको हो ।

२ महिनादेखि स्थानीय प्रशासनले बानेश्वर-माइतीघर, बालुवाटार, शीतल निवास, मन्त्री क्वार्टर पुल्चोकलगायत काठमाडौंका विभिन्न क्षेत्रमा जुलुस, प्रदर्शन, धर्ना, घेराउ, अनसन र सभाजस्ता आन्दोलन वा विरोधका कार्यक्रम गर्न निषेध गरेको छ ।