कांग्रेस चीनसँग सहकार्य गर्न इच्छुक छ : शशांक कोइराला

कांग्रेस चीनसँग सहकार्य गर्न इच्छुक छ : शशांक कोइराला



काठमाडौं । नेपाली कांग्रेसका नेता तथा पूर्वमहामन्त्री डा. शशांक कोइरालाले नेपालले विकासको क्षेत्रमा चीनसँग सहकार्य गर्न चाहेको बताएका छन् ।

आइतबार काठमाडौंमा चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) अन्तर्राष्ट्रिय विभागकी उपमन्त्री सुन हाइयानसहितको टिमसँगको अन्तरक्रिया कार्यक्रममा उनले कांग्रेसले चीनसँग सहकार्य गर्न चाहेको बताएका हुन् ।

काेइरालाले चीनले विकासको क्षेत्रमा नमुना काम गरेको उल्लेख गर्दै नेपाली कांग्रेस पनि चीनसँग विकासको सहकार्य अघि बढाउन इच्छुक रहेको बताए । उनले चीनको आर्थिक विकास पनि प्रशंसायोग्य रहेको बताए । नेपालमा भूकम्प जाँदा र कोभिडको समयमा चीनले गरेको सहयोग सम्झिंदै नेता कोइरालाले नेपाल-चीन सम्बन्ध पञ्चशीलमा आधारित रहेको बताए ।

नेता कोइरालाले चीनसँग जोडिएका परियोजना अघि बढाउन सरकारले प्राथमिकतामा राखेर जानुपर्ने आवश्यकता रहेको बताए ।