सरकारले यस वर्षको शहीद दिवसमा सार्वजनिक बिदा नदिने

सरकारले यस वर्षको शहीद दिवसमा सार्वजनिक बिदा नदिने


ग्लोब नेपाल
459
Shares

काठमाडौं । सरकारले यस वर्ष शहीद दिवसमा सार्वजनिक बिदा नदिने भएको छ । मंगलबार १६ माघमा पर्ने शहीद दिवसलाई राष्ट्रिय पर्वका रूपमा मनाउने तर सार्वजनिक बिदा भने नदिने निर्णय भएको गृह मन्त्रालयका सूचना अधिकारीले जानकारी दिएका छन् ।

उनले भने, ‘माघ १६ को शहीद दिवसमा सार्वजनिक बिदा हो कि होइन भनेर सयौंले सोधे, ‘खासमा यो वर्ष शहीद दिवसमा सार्वजनिक बिदा नदिने निर्णय भएको छ ।’ उनले शहीद दिवस देशभरि मनाइने तर सरकारी कार्यालय सबै यथावत् खुल्ने र सेवा प्रवाह हुने बताएका छन् ।