साउदी लिगमा जाँदै राकिटिक

साउदी लिगमा जाँदै राकिटिक


ग्लोब नेपाल
81
Shares

रियाद । क्रोसियाका मिडफिल्डर इभान राकिटिक साउदी प्रो लिग जाने भएका छन् । स्पेनिस क्लब सेभिया छोडेर राकिटिक साउदी प्रो लिग क्लब अल शबाबमा जाने भएका हुन् । राकिटिक लियोनेल मेसीको क्लब इन्टर मियामी जाने चर्चाका बीच अब उनी साउदी लिगमा जाने निश्चित भएको हो ।

राकिटिकले सेभियालाई साउदी जाने जानकारी दिएको र उनले अल शबाबका लागि सोमबार मेडिकल गर्ने बताइएको छ । राकिटिकले सेभियामा २०२० देखि खेलिरहेका छन् । उनले अहिलेसम्म सेभियाका लागि १७४ खेल खेल्दै १९ गोल गरेका छन् ।

यसअघि उनले बार्सिलोनाका लागि २०१४ देखि २०२० सम्म ३१० खेल खेल्दै ३५ गोल गरेका थिए ।  राकिटिक क्रोसियाको राष्ट्रिय टिममा २००७ देखि २०१९ सम्म १०६ खेल खेल्दै १५ गोल गरेका थिए ।