लोकतन्त्रवादी आदिवासी जनजाति महासंघमा थप चार सदस्य मनोनीत

लोकतन्त्रवादी आदिवासी जनजाति महासंघमा थप चार सदस्य मनोनीत



काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीनिकट नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासंघमा थप चार सदस्य मनोनीत गरेका छन् ।

ओमबहादुर घर्ती मगरको अध्यक्षतामा गठित महासंघको केन्द्रीय तदर्थ कार्यसमितिमा थप ४ सदस्य मनोनयन गरेको मुख्यसचिव कृष्णप्रसाद पौडेलले बताए ।

उनका अनुसारका मनोनयन हुनेमा बाराका अमिर लामा मोक्तान, सिन्धुलीका अर्जुनकुमार गुरुङ, चितवनकी इन्द्रमाया लामा र धादिङका सानुराम घले रहेका छन् ।