सिन्धुपाल्चोक । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान गठबन्धनका कारण देश गम्भीर अवस्थामा पुगेको बताएका छन् ।
सिन्धुपाल्चोकको पाँचपोखरी थाङपाल गाउँपालिकाको प्रशासकीय भवन बुधबार उद्घाटन गर्दै अध्यक्ष ओलीले गठबन्धन सरकारले काम गर्न नसकेको बताए ।
उनले एमाले सरकारमा जान हतार भने नगर्ने बताएका छन् । ०८४ को निर्वाचनमा सम्पूर्ण ठाउँ एमालेले जित्नुपर्ने बताएका ओलीले गठबन्धनका कारण अहिले देशमा ‘ग्रहण’ लागेको टिप्पणी गरेका छन् ।
‘एमालेलाई छेक्न ८ वटा राजनीतिक दल लागेका छन् । गठबन्धन दलहरूलाई देश बनाउनेभन्दा पनि गठबन्धन जोगाउनेको मात्रै ध्यान छ,’ ओलीले भने ।
ओलीले विकासका काममा राजनीतिक आग्रह पूर्वाग्रह नराख्न आग्रह गरेका छन् । योग्य मान्छेलाई सामाजिक क्षेत्रका जिम्मेवारी दिन उनले आग्रह गरेका थिए ।
गठबन्धनले क्षमता हरेर नभई गठबन्धको हो कि होइन भनेर जिम्मेवारी दिने गरेको उनको आरोप छ ।


प्रतिक्रिया