एयरपोर्टमा कर्मचारी र प्रहरीबीच कुटपिट घटनाको प्रतिवेदन गृहमन्त्रीलाई

एयरपोर्टमा कर्मचारी र प्रहरीबीच कुटपिट घटनाको प्रतिवेदन गृहमन्त्रीलाई


ग्लोब नेपाल
54
Shares

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा प्रहरी र अध्यागमनका अधिकृतबीच भएको कुटाकुटको घटनाबारेको छानबिन गर्न गठित समितिले गृहमन्त्रीलाई प्रतिवेदन बुझाएको छ ।

सहसचिव थानेश्वर गौतम नेतृत्वको समितिले अध्यागमन अधिकृतलाई विभागीय कारबाही र असईलाई निलम्बन गर्न सिफारिस गरेको छ । हिजो समितिको तर्फबाट छानबिन प्रतिवेदन पेस भएको र अहिले अध्ययनको क्रममा रहेको गृह मन्त्रालयले जनाएको छ ।

समितिले कुटपिटमा संलग्न प्रहरी र अध्यागमनका कर्मचारीहरुसँग बयान लिएको थियो भने घटनास्थलको सीसी क्यामराको फुटेज विश्लेषण गरेको थियो ।

माघ १२ मा गृह मन्त्रालयका सहसचिव थानेश्वर गौतमको संयोकत्वमा प्रहरी नायव महानिरीक्षक राजेशनाथ बास्तोला तथा सीमा तथा अध्यागमन प्रशासन शाखाका उपसचिव कुलबहादुर जीसी रहेको समिति गठन गरेको थियो ।