प्रधानमन्त्री कपमा सुदूरपश्चिमलाई पराजित गर्दै पुलिस क्लब फाइनलमा

प्रधानमन्त्री कपमा सुदूरपश्चिमलाई पराजित गर्दै पुलिस क्लब फाइनलमा



काठमाडौं । नेपाल पुलिस अपराजित रहदै पीएम कपको फाइनलमा पुगेको छ । बिहीबार सम्पन्न लिग चरणको अन्तिम खेलमा नेपाल पुलिस क्लबले सुदूरपश्चिम प्रदेशलाई ७८ रनले पराजित गरेपछि प्रतियोगितामा अपराजित हुदै फाइनल खेल्ने भएको हो ।

नेपाल पुलिस क्लबले दिएको १९९ रनको लक्ष्य पछाएको सुदूरपश्चिम प्रदेशले ३७.१ ओभरमा अलआउट हुदै १२० रन बनाएको थियो । सुदूरपश्चिमका गजेन्द्र बोहराले सबैभन्दा धेरै ३० रन बनाए । पुलिसका कप्तान दीपेन्द्रसिंह ऐरीले ७ विकेट लिए ।

यस अघि पुलिस क्लबले पहिला ब्याटिंग गर्दै ४७.५ ओभरमा अल आउट भएर १९८ रन बनाएको थियो । मौसम खराब भएपछि यो खेल ४९-४९ ओभर खेलाइएको थियो ।

योजितसँगै पुलिस क्लबले प्रतियोगितामा आफ्ना सबै ९ खेलमा जित हासिल गर्दै १८ अंक हासिल गरेको छ । अब पुलिसले फाइनलमा शनिबार ९ खेलमा १४ अंक हासिल गर्दै दोस्रो स्थानमा रहेको त्रिभुवन आर्मी क्लबसँग खेल्नेछ ।

यो हारसँगै सुदूरपश्चिम प्रदेश ९ खेलमा ८ अंकसहित छैटौं स्थानमा रहेर प्रतियोगिता सकाएको छ ।