सभामुख घिमिरेले बोलाए सचेतकहरुको बैठक

सभामुख घिमिरेले बोलाए सचेतकहरुको बैठक



काठमाडौं । सभामुख देवराज घिमिरेले हिउँदे अधिवेशनका विषयमा छलफल गर्न प्रमुख सचेतक र सचेतकहरुको बैठक बोलाएका छन् ।

शुक्रबार अपरान्ह ४ बजे सिंहदरबारस्थित आफ्नै कार्यकक्षमा बस्नेगरी सभामुख घिमिरेले आउँदो सोमबारबाट सुरु हुने संसदको हिउँदे अधिवेशनको तयारीका विषयमा छलफल गर्न दलका प्रमुख सचेतक र सचेतकहरुको बैठक बोलाएका हुन् ।

मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले २२ माघ अपरान्ह ४ बजे संघीय संसदको अधिवेशन आह्वान गरेका छन् ।

सोही आह्वानअनुसार संघीय संसद सचिवालयले १० दिनअघि १० माघमै सूचना जारी गरेर २२ माघ सोमबार अपरान्ह ४ बजे नयाँबानेश्वरस्थित संसद भवनमा उपस्थित हुन सांसदहरुलाई अनुरोध गरेको छ ।