कांग्रेस संसदीय दलको बैठक संसद् भवनमा जारी

कांग्रेस संसदीय दलको बैठक संसद् भवनमा जारी



काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेस संसदीय दलको बैठक संघीय संसद् भवनको ल्होत्से हलमा अहिले बसिरहेको छ ।

बैठकमा कांग्रेसका पदाधिकारीहरू उपस्थित भएका छन् ।

सोमबारदेखि सुरु हुने हिउँदे अधिवेशनमा कसरी प्रस्तुत हुने भन्नेबारे छलफल हुने प्रमुख सचेतक रमेश लेखकले जानकारी दिए ।

संसदमा जतिसक्दो धेरै विधेयक प्रस्तुत गर्ने र त्यसलाई अगाडि बढाउनका लागि पार्टीका तर्फबाट सांसदले निर्वाह गर्नुपर्ने भूमिकाका बारेमा छलफल गरिने उनले बताए ।

बजेट अधिवेशनसमेत भनिने हिउँदे अधिवेशन सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले माघ २२ गते अपराह्न ४ बजे आह्वान गरेका छन् ।