सरकारले प्रतिशोध साध्यो : विनोद चौधरी

सरकारले प्रतिशोध साध्यो : विनोद चौधरी



काठमाडौं । उद्योगपति तथा नेपाली कांग्रेसका सांसद विनोद चौधरीले सरकारले चौधरी ग्रुपसँग प्रतिशोध साधेकाे बताएका छन् । संसद्को राज्यव्यवस्था तथा सुशासन समितिको बैठकमा उनले व्यापारीविरुद्ध सरकार लागेको आरोप लगाए ।

सांसद चौधरीले बाँसबारी छालाजुत्ता उद्योगको जग्गा नियम र प्रक्रियासंगत रूपमा सीजी ग्रुपले लिएकोमा सरकारले अहिले आएर प्रतिशोध साधेको बताएका हुन् ।

उनले धेरैअघिको कुरा अहिले उठाएर उद्योगी व्यवसायीलाई त्रसित बनाउने काम भइरहेको बताए । ‘लगानी सम्मेलन गर्न लागिरहेको समयमा यस्ता कार्यले उद्योगी व्यवसायीको मनोबल खस्किन्छ’, उनले भने ।

बाँसबारी छाला जुत्ता उद्योगको जग्गा सीजीको चाँधबाघले नियमविपरीत निजीकरण गरेको भन्दै बिहीबार प्रहरीले उनका भाई अरुण चौधरीलाई पक्राउ गरेको थियो । अदालतले उनलाई हिरासतमा राखेर अनुसन्धानका लागि चार दिनको म्याद दिएको छ ।