भृकुटीमण्डपमा निर्माण सामग्रीको प्रदर्शनी

भृकुटीमण्डपमा निर्माण सामग्रीको प्रदर्शनी



काठमाडौं । मिडिया स्पेस सोलुसन्स प्रालि र फ्युचरएक्स ट्रेड फेर एण्ड इभेन्ट्सकाे संयुक्त आयोजनामा ‘नवौँ बिल्डकन एक्स्पो २०२४’ काठमाडौंको भृकुटीमण्डपमा जारी छ । माघ १८ गतेदेखि सुरु भएको एक्स्पो माघ २१ गतेसम्म सञ्चालन हुनेछ ।

एक्स्पोमा भारत, चीन र नेपाली निर्माण सामाग्री उत्पादक उद्योग निर्यात तथा डिलरहरूको राम्रो उपस्थिति रहेको बेदालय ग्रुपका अध्यक्ष जयाराम अर्यालले जानकारी दिए ।

उनका अनुसार एक्स्पोमा घर, होटेल, अपार्टमेन्ट आदि निर्माणका लागि आवश्यक सम्पूर्ण सामाग्री राखिएकाे छ ।

यो एक्सपोको प्रमुख प्रायोजक कजरिया टाइल छ । एक्पोमा यूपीभीसीका झ्याल ढोका, जल बार्थ फिटिङ, स्टोन कोटेड फीड, आल्मुनियमका झ्याल, ढोका, लिफ्ट लगायतका निर्माण सामग्री एकै ठाउँमा पाइने बताइएको छ ।