साफ च्याम्पियनशिपमा नेपालको पहिलो जित

साफ च्याम्पियनशिपमा नेपालको पहिलो जित



काठमाडौं । दक्षिण एसियाली फुटबल महासंघ (साफ) यू–१९ महिला च्याम्पियनसिपअन्तर्गत आज भएको खेलमा नेपाल भुटानलाई पराजित गर्दै विजयी भएको छ ।

बंगलादेशको ढाकास्थित बिएसएसएस मोस्ताफा कमल रङ्गशालामा भएको खेलमा नेपालले भूटानमाथि १–० गोलको जित निकालेको हो । यस जितसँगै नेपालले प्रतियोगितामा शीर्ष तीन अंक जोडेको छ ।

नेपालको जितमा सेनु परियारले गोल गरिन् । उनले खेलको ५४औँ मिनेटमा गरेको एक गोल नै नेपालका लागि निर्णायक गोल साबित भयो । यसअघि भएको पहिलो खेलमा आयोजक बंगलादेशसँग नेपाल ३–१ गोलअन्तरले पराजित भएको थियो । यता भूटान भने पहिलो खेलमा भारतसँग पराजित भएको थियो ।

नेपाल, बंगलादेश, भूटान र भारत सहभागी उक्त प्रतियोगितामा अंक तालिकाको शीर्ष दुई टोली फाइनलमा पुग्नेछन् । नेपालले आफ्नो तेस्रो खेल यही माघ २३ गते भारतसँग खेल्नेछ ।