केपटाउन । भारत आइसीसी यू-१९ विश्वकपको फाइनलमा पुगेको छ । मंगलबार सम्पन्न सेमिफाइनल खेलमा दक्षिण अफ्रिकालाई २ विकेटले पराजित गर्दै भारत प्रतियोगिताको फाइनलमा पुगेको हो ।
दक्षिण अफ्रीकाले दिएको २४५ रनको लक्ष्य पछाएको भारतले ४८.५ ओभरमा ८ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो । भारतको जितमा सचिन दासले ९६ र कप्तान उदय शरनले ८१ रन बनाएका थिए ।
यस अघि दक्षिण अफ्रिकाले पहिला ब्याटिंग गर्दै ५० ओभरमा ७ विकेट गुमाउदै २४४ रन बनाएको थियो ।
अब फाइनलमा भारतले अस्ट्रेलिया र पाकिस्तानबीचको विजेतासँग खेल्दै छ । अस्ट्रेलिया र पाकिस्तानबीचको दोस्रो सेमिफाइनल खेल भने विहिबार हुने छ । त्यस्तै फाइनल खेल आगामी आइतबार हुने छ ।
प्रतिक्रिया