क्यानडासँगको क्रिकेट सिरिज भोलिदेखि, नयाँ खेलाडीलाई लिएर टिम बनाइयाे

क्यानडासँगको क्रिकेट सिरिज भोलिदेखि, नयाँ खेलाडीलाई लिएर टिम बनाइयाे



काठमाडौं । क्यानडाविरुद्ध हुने तीन म्याचको एकदिवसीय क्रिकेट सिरिज भोलि बिहीबारदेखि सुरु हुदैछ । आईसीसी मेन्स क्रिकेट वल्ड कप (सीडब्लूसी) लिग टूको सुरुवात गर्नुअघि नेपालले क्यानडासँग सिरिजको आयोजना गरेको हो ।

नेपालले त्रिवि मैदान कीर्तिपुरमा क्यानडासँग एकदिवसीय तीन म्याचको सिरिज खेल्नेछ । सिरिज नेपालका लागि सीडब्लूसी लिग टूको तयारी समेत हुनेछ । सिरिजको पहिलो खेल बिहीबार, दोस्रो शनिबार र अन्तिम खेल सोमबार हुने तालिका रहेको छ ।

क्यानडाविरुद्धको सिरिजका लागि नेपालले रोहित पौडेलको कप्तानीमा टिम घोषणा गरेको छ ।

यू–१९ टिमबाट आएका दुई खेलाडी र प्रधानमन्त्री कपमा राम्रो गरेका खेलाडी सहित केही नयाँ अनुहारलाई लिएर टिम बनाइएको छ । जसमा यू–१९ टिमबाट देव खनालले सिनियर टिममा कमब्याक गरेका छन् भने आकाश चन्द र हेमन्त धामीले सिनियर टिममा मौका बनाएका छन् । अनिल साह, पवन सर्राफ र सूर्य तामाङ टिममा फकिएका छन् । त्यस्तै रिजन ढकालले पहिलो पटक टिममा मौका बनाएका छन् । प्रतियोगिता निकै प्रतिस्पर्धात्मक हुने भएकाे छ ।

टिम नेपाल : कप्तान रोहित पौडेल, आसिफ शेख, कुशल भुर्तेल, देव खनाल, कुशल मल्ल, भिम सार्की, आरिफ शेख, पवन सरार्फ, सोमपाल कामी, हेमन्त धामी, रिजन ढकाल, सुर्य तामाङ, ललित राजवंशी, आकाश चन्द र अनिल साह छन् ।