काठमाडौं । पहिलो एक दिवसीय क्रिकेटमा नेपालले जितका लागि क्यानडालाई २२५ रनको लक्ष्य दिएको छ ।
त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा टस जितेर पहिला ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा अल आउट हुँदै २२४ रन बनाएको हो ।
नेपालका लागि ओपनर कुशल भुर्तेलले सर्वाधिक ६२ रन जोडे । उनले आसिफ शेखसँग पहिलो विकेटका लागि ४८ रनको साझेदारी गरेका थिए । आसिफ ८ रनमा आउट भए । राम्रो सुरुवात भएको नेपालको मध्य क्रमको ब्याटिङ राम्रो हुन सकेन ।
आरिफ शेख ३८, सोमपाल कामी २७, पवन सर्राफ १६, कप्तान रोहित पौडेल ८, भिम सार्की १७, कुशल मल्ल २०, रिजन ढकाल ४ र ललित राजवंशी शुन्य रनमा आउट । सूर्य ढकाल १० रनमा अविजित रहे ।
बलिङतर्फ क्यानडाका उदय भगवानले ३, साद बिन जफर २, शहिद अहम्दजाइ, इश्वरजित सोहि र हर्ष ठाकरले १–१ विकेट लिएका छन् ।
प्रतिक्रिया