दीपेन्द्रसिंह ऐरी यूएईमा जारी आइएल टी-२० खेल्ने

दीपेन्द्रसिंह ऐरी यूएईमा जारी आइएल टी-२० खेल्ने



काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका अलराउन्डर दीपेन्द्रसिंह ऐरीले यूएईमा जारी आइएल टी- २० प्रतियोगिता खेल्ने भएका छन् ।

उनी गल्फ जायन्टसबाट आइएल टी- २० प्रतियोगिता खेल्न लागेको नेपाल क्रिकेट संघ (क्यान) ले जानकारी दिएको छ ।

दीपेन्द्र आज साँझ त्यसतर्फ जानेछन् । युएईमा जारी प्रतियोगितामा गल्फ जायन्यट्स ८ खेलमा समान ४ मा जित र हारका साथ तेस्रो स्थानमा छ ।

दीपेन्द्र सम्मिलित गल्फ जायन्ट्समा कार्लोस ब्रेथवेट, आयन खान, शिम्रन हेटमायर, क्रिस लिन र जेम्श भिन्स जस्ता खेलाडी छन् ।

दीपेन्द्र ६ महिनाअघि क्रिस लिनकै कप्तानीमा ग्लोबल टी-२० क्यानडा मोन्टरिएल टाइगर्सबाट खेल्दै च्याम्पियन बनेका थिए ।

गल्फ जायन्ट्सले आज एमआई इमिरेट्ससँग खेल्नेछ । आजको खेल भने उनले गुमाउनेछन् । क्यानडासँगको तीन खेलको सिरिजमा नेपालले दीपेन्द्रलाई विश्राम दिएको छ । त्यसैको कारण उनी यूएई जानेछन् ।

गल्फ जायन्ट्सले लिगको अन्तिम खेल ११ फेब्रुअरीमा खेल्नेछ । पहिलो क्वालिफायर १३, इलिमिनेटर १४ र दोस्रो क्वालिफायर १५ फेबुअरीमा हुनेछ । फाइनल १७ फेब्रुअरीमा हुनेछ ।

आईसीसी विश्वकप लिग २ त्रिकोणात्मक सिरिज नेपालले घरेलु मैदान टियुमा नेदरल्यान्ड्स र नामिबियासँग खेल्दैछ । दीपेन्द्र लिग २ का लागि भने नेपाली टोलीमा उपलब्ध हुनेछन् ।

गल्फ जाइन्ट भारतको अदानी समुहओ क्लब हो ।