प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख रहनेगरी संविधान संशोधन गरौँ : सांसद देव

प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख रहनेगरी संविधान संशोधन गरौँ : सांसद देव



काठमाडौं । प्रमुख सत्तासाझेदार दल नेपाली कांग्रेसका सांसद जितेन्द्रनारायण देवले प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख रहनेगरी संविधान संशोधन गर्नुपर्ने आवश्यकता औँल्याएका छन् । 

सोमबार बसेको राष्ट्रिय सभा बैठकमा बोल्दै उनले देशले प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखको आवश्यकताको महसुस गरेकाले सोहीअनुसारको व्यवस्ता गर्नुपर्ने बताए । 

गठबन्धनको राजनीति र यसले बढाएको भ्रष्टाचार नियन्त्रणमा विकल्पमा रुपमा प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख नै रहेको उनको भनाइ छ । 

एउटाले काम गर्दा अर्काेले खुट्टा तान्ने प्रवृत्ति रहेको भन्दै उनले अब प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख रहने व्यवस्था गर्नुपर्नेमा जोड दिए ।