कप्तान रोहित बने प्लेयर अफ दि सिरिज

कप्तान रोहित बने प्लेयर अफ दि सिरिज



काठमाडौं । नेपाली क्रिकेट टोलीका कप्तान रोहित पौडेल क्यानडासँगको तीन खेलको सिरिजमा प्लेयर अफ द सिरिज बनेका छन् । नेपाललाई ३–० को जित दिलाउन कप्तान रोहितले अलराउन्ड प्रदर्शन गरेर ९५ रन बनाउनुको साथै ६ विकेट लिएका थिए ।

पहिलो खेलमा नेपाललाई ७ रनको जित दिलाउन रोहितले ८ रन बनाउनुको साथै ४ विकेट लिएका थिए । दोस्रो खेलमा ४ विकेटको जित दिलाउन रोहितले ८७ रन बनाउनुको साथै २ विकेट लिएका थिए । दुबै खेलमा रोहित प्लेयर अफ द म्याच चुनिएका थिए ।

तेस्रो खेलमा नेपालले २३३ रनको लक्ष्य पछ्याउने क्रममा भीम सार्की १०१ र अनिल साहले ११२ रन बनाउँदै ९ विकेटको सहज जित दिलाएपछि रोहित ब्याटिङमा आउनु परेन । रोहित ओडीआईमा पहिलो पटक प्लेयर द सिरिज चुनिएका हुन् ।