रौतहट एमाले अधिवेशनमा महासचिव पोखरेलको चलखेल

रौतहट एमाले अधिवेशनमा महासचिव पोखरेलको चलखेल



रौतहट । नेकपा एमालेको १०औं रौतहट जिल्ला अधिवेशन जारी रहेको छ । गरुडामा जारी चुनावी प्रतिस्पर्धाले रौतहट एमालेमा गुटको स्पष्ट बिभाजन गरेको देखिएको छ ।

विशेष गरि महासचिव शङ्कर पोखरेलको तर्फबाट मधेस प्रदेश कमिटीका उप-सचिव आरती भण्डारीको चलखेलले गुटको स्पष्ट विभाजन देखिएको एक प्रतिनिधि बताउँछन् ।

९औं जिल्ला अधिवेशनमा टिम प्रभु साहको तर्फबाट देखिएकी भण्डारी अत्यन्तै छोटो समयमा भातृ संगठनबाट एकैचोटी केन्द्रिय राजनितीमा प्रभाव पार्ने युवा नेतृ हुन् ।

उनैको नेतृत्वमा मधेस प्रदेशमा हाल रौतहट एमालेमा महासचिव पोखरेलले गुट सञ्चालन गरिरहेको नाम नबताउने सर्तमा मधेस प्रदेश कमिटीका एक सदस्य बताउछन् ।

यतिबेला रौतहट एमालेमा गुटको एकातिर महासचिव पोखरेलको तर्फबाट पोलिटब्युरो सदस्य ज्वाला कुमारी साह, सुमन प्याकुरेल समेत आरती भण्डारीको ईशारा र निर्देशनमा चलिरहेको उनले बताएका छन् ।

आइतवार साँझ जिल्ला अध्यक्षका उमेदवार सचिदानन्द साहलाई उक्त गुटले घेराबन्दी गरि अध्यक्ष वलिको फोन लाउड स्पिकरमा राखि अर्का प्रतिस्पर्धी अखिलेश चौधरीलाई सर्वसम्मत छोडिदिन समेत दबाब सिर्जना गरेको एक प्रतिनिधी बताउँछन् ।

यद्यपि चुनावी प्रतिस्पर्धा जारिरहेको र हाल मतदान प्रकियाबाटै नेतृत्वको चयन हुन लागिरहेको छ । विशेषगरि संस्थापन पक्षका केन्द्रिय सदस्य उद्वव रेग्मीसँगको व्यक्तिगत लडाइको प्रतिफलको रुपमा स्पष्ट गुटको सञ्चालन देखिएको हो ।

द्वन्द्वकालमा रौतहट एमालेको जगलाई बलियो बनाइराख्न योगदान दिएका अध्यक्षका प्रतिस्पर्धी सचिदानन्द साहको नाममा सर्वसम्मत भैसकेको निर्णयलाई महासचिवको आडमा चुनावी प्रतिस्पर्धामा लगेर उप-सचिव भण्डारीले गुटको नेतृत्त्व गरि पोलिटब्युरो सदस्य ज्वाला कुमारी साह र सुमन प्याकुरेलसमेत माथि आफ्नो प्रभुत्व जमाएर उनीहरु मार्फत अध्यक्ष ओलिलाई प्रयोग गरि रौतहट एमालेको भविष्य माथि खेलवाड गरिरहेको अर्का मधेस प्रदेश कमिटीका पदाधिकारीले बताएका छन् ।

पछिल्लो समय मधेस प्रदेशमा पार्टी सचिव रघुबिर महासेठलाई कमजोर बनाउन महासचिव पोखरेलको बढ्दो सक्रियताको मुख्य नेतृत्व र कमाण्ड सम्हालेकि उप-सचिव भण्डारीले रौतहट एमालेमा बिभाजनको चिरा पारिदिएको अर्का पुर्व रौतहट जिल्ला अध्यक्षको समेत दाबी रहेको छ ।

उनि भन्छन् रौतहट जिल्ला एमालेलाई प्रभु साहको पछाडी लागेर उप-सचिव भण्डारीले यसअघि क्षतबिक्षत पारेको र हाल आएर एकजुट भएको रौतहट एमालेलाई आफ्नो व्यक्तिगत ईख पुरा गर्न पुन: महासचिवलाई प्रयोग गरि टुक्रा पार्ने प्रयास भईरहेको छ । यसले रौतहट एमालेमा कहिले पनि एकताको सन्देश नदिने समेत उनको दाबी रहेको छ ।